लुम्बिनी

सरकारको लार्पवाहिः नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र

बाँके । नेपालमा विकाश निमार्णका हरेक काम समयमै सम्पन्न नहुनु त सामान्य जस्तो भैसकेको छ । सरकारले निमार्णका काममा निगरानि नगर्दा र ठेकेदारहरुलाई सचेत नगराउँदा हरेक काम अमलटाल गरि गर्ने ठेकेदारको लार्पवार्हि गर्ने वानिले समयमै विकाशका काम पुरा हुन सकेका छैनन । यति मात्र नभई वजेटको दुरुपयोग गर्दे कमसलको सामान प्रयोग गर्दा सडक देखि लिएर पुल जस्ता हरेक निमार्ण २ –४ वर्षमै पुनः निमाण गर्नुपर्ने स्थीती बारम्बार दोहोरी रहेको हुन्छ ।

यस्तै भएको छ नेपालगञ्को बाटो पनि । धेरै लामो समय भैसक्दापनि उक्तm सडकको कामले निरन्तरता नपाउदा अलपत्रै रहेको छ । पाँच वर्षअघि ‘सर्भे’ गरिएको उक्त नेपालगञ्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र रहने गरी सर्भे भएको चक्रपथ निर्माण अन्योलमै छ ।

चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो । सरकारले रु दुई करोड २० लाख शुरुमै विनियोजन गरेको थियो । रु एक करोड नौ लाख २७ हजार ४०० मा ठेक्का भएर ८२३ मिटर चौलिका चोक नजिक कालोपत्र भएको छ, जसमा निर्माण व्यवसायीले रु एक करोड तीन लाख ८३ हजार भुक्तानीसमेत लिइसकेको छ ।

सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौँ बजेट छुट्याउँदै आएको थियो । गत आर्थिक वर्षमा मात्रै रु सात करोड ४५ लाख बजेट चक्रपथ निर्माण गर्न विनियोजन गरिएको थियो । तर, चक्रपथको काम नहुँदा रकमान्तर गरी पुल निर्माणमा खर्च गरिएको छ । गत आर्थिक वर्षमा रु सात करोड ३५ लाख विनियोजन भएको थियो । तर चक्रपथ निर्माण योजना नै बन्द हुने देखिएपछि रकमान्तर गर्नुपरेको थियो ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अन्यत्र क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआब्जा दिन नसकिने स्थिति देखिएपछि चक्रपथ योजना करीब अन्त्य भएको प्रमुख डा राणाले बताउँदै आउनुभएको छ । चक्रपथ सिक्टा आयोजनाको नहरलाई आधार बनाएर सर्भे गरिएको थियो । तर, सिक्टाको नहर निर्माण सम्पन्न नभएकाले चक्रपथ निर्माणले गति लिन सकेन । चक्रपथ सिक्टा नहरको लाइनमा करीब ९० प्रतिशत क्षेत्रमा पर्छ । सिक्टाको पश्चिमतर्फको नहर निर्माणकार्य रोकिँदा त्यसको असर चक्रपथ निर्माणमा पनि परेको उनले बताएका छन ।

यता, सडक डिभिजन कार्यालय बाँकेले नेपालगञ्ज चक्रपथको आयोजना अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेको छ । सिक्टाले बाटो दिन नमानेको र जग्गा अधिग्रहण गर्न मुआब्जा रकम नहुँदा चार वर्षअघि शुरु भएको चक्रपथ निर्माण बन्द हुने अवस्थामा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।