समाचार

काँग्रेस नेता तथा पुर्वअर्थमन्त्री कार्कीको तेस्रोपटकको बिबाह

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्ब अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैबाहिक बन्धनमा बाँधिने भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा पछिल्लो निर्बाचनमा विजयी भएका नेता कार्कीका यसभन्दा अघि भएका दुईवटी श्रीमतीको निधन भएको थियो ।

भोजपुरमा जन्मिएका नेता कार्कीले आईतबार राणा थरकी एक महिलासँग बैवाहिक जिवनमा बाँधिन टिकाटालो गरेका फोटोहरु सामाजिक सञ्जालमा बाहिरिएका छन् । नेता कार्की केहीसमय अगाडी बुढानिलकण्ठस्थीत आफ्नै निवासमा बस्ने गरेका भएपनि निर्बाचनमा विजयभएपश्चात ललीतपुरस्थीत भाईके घरमा आफ्नी आमासँग बस्ने गरेका छन् । उनले थापाथलीमा बिबाहबन्धनमा बाँधिन टीकाटालो गरेको समाचारहरु आईरहेका छन् ।