सामाजिक सञ्जाल

आफ्नै सरकारको नेतृ झाँक्रीको बिरोधः भन्छिन्, सत्ता उन्मादले देश कता जाँदैछ प्रमाणित भयो

काठमाण्डौ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफ्नै अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताको उन्मादमा रहेको बताएकी छन् । नेतृ झाँक्रीले सामाजिक संजाल पट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीका सल्लाहकार समेत रहेका विष्णु रिजालको व्यंग्यात्मक ट्वीटलाई खुलस्त गर्दै उक्त कुरा खुलाएकी हुन् ।
पछिल्लो समयमा नेतृ झाँक्री जनमानसमा लोकप्रीय बन्दै गएकी छन् भने सल्लाहकार रिमालले सरकारको बचाउन गर्ने उद्येश्यसहित ट्वीट गरिरहेका बेला झाँक्रीले कडा जवाफ दिईरहेकी छन् ।

बिष्णु रिमालको उत्तर स्वरुप नेतृ झाँक्रीको ट्वीटः राज्यसत्ताको केन्द्रमा रहेका ब्यक्तिको रूपमा यो उत्कृष्ठ ट्वीट हो। यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जादैछ? अनुमान लगाउन लोकलाई गार्हो पर्ने छैन अब ।
धेरै पहिले एउटा लोककथा पढेको थिएँः

The Empreror’s New Clothes

आज संझदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर?

बिष्णु रिमालको ट्वीटः

भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दुस्ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?