समाचार

नेपाली सेनाद्धारा प्रधानमन्त्री ओलीलाई द्रुतमार्गको प्रगति बारे जानकारी

काठमाडौं । नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

आईतबार साँझ प्रधानमन्त्री ओलीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका थिए । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गरेको हुन । द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।