राजनीति

ओली सरकारको जनताको स्वास्थ्यमा खेलबाड नरोके कडा कदम चाल्छौंः उपाध्यक्ष चापागाईँ

काठमाण्डौ । नेपाल तरुण दलले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले भारतबाट ल्याईने तरकारीलाई बिषादी चेकजाँच नै नगरी भित्र्याउन निर्देशन दिने कार्यप्रति घोर भत्र्शना गरेको छ ।

तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईँले एक विज्ञप्ती जारी गर्दै उक्त जनबिरोधी कार्यले सरकार बालहठ त्याग्न नसकेको तथा सरकारले राष्ट्रियता र लोकतन्त्रप्रति खिल्ली उडाउने कार्य गरेको बताएका छन् ।

यस्ता प्रकारका नेपाली जनता बिरुद्धका सरकारका कदमहरु तत्काल सच्याउन ध्यानाकर्षण गर्दै नसच्याए जस्तोसुकै कदम चाल्न तरुण दल बाध्य हुने बताइएको छ ।

साथै विज्ञप्तीमा तरुण दलले गर्ने आन्दोलन लगायतका बिरोध कार्यक्रमको क्षतीको जिम्मेवार ओली सरकार नै हुने समेत चेतावनी दिईएको छ ।