प्रवास

अध्यक्ष बस्नेतको ठोकुवाः निर्मलाको बलात्कारी हत्यारा तरुण दलले पत्ता लगाउछ

न्युयोर्क । नेपाल तरुण दलका अध्यक्ष जितजङ बस्नेतले पञ्चायतकालमा भएको ललिता सनिताको बलात्कार काण्ड कोट्याउदै कुरा कोट्याउँदै निर्मलाको हत्यारा आफूले कुनैपनि हालतमा पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफूले निर्मलाको नाम जोडेर राजनीति गर्न नखोजेको भनाई ब्यक्त गर्दै नेपालमा प्रेश स्वतन्त्रताको हनन् भएको, शान्ती सुरक्षाको अवस्था ज्यादै नाजुक भएको, न्यायपालीमामाथी हस्तक्षेप भएको छ, हत्याहिंसा आतंक बढेको छ । अध्यक्ष बस्नेतले एलआरएनले साँच्चिकै नेपालको लागि गर्छ भन्ने विश्वास दिलाउनुपर्ने विचार व्यक्त गर्दै सदैब एनआरएनको पक्षमा तरुण दल र काँग्रेस रहेको बताए । गृहमन्त्री रामबहादुर थापालाई आफूले तरुण दलले लगाएका आरोपहरुलाई असफल पार्न चुनौती समेत दिएका छन् ।

अध्यक्ष बस्नेतले, ‘नेपालमा सबै क्षेत्रमा राजनीतिकरण भएको भएपनि अमेरिकामा बस्ने नेपालीहरुले हर क्षेत्रमा राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् । अबको दिनमा एन आरएनले चाहेको जस्तो बिधेयक पास गर्न पार्टीलाई आग्रह गर्ने समेत बताए ।’

देशमा शान्ती र विकास गर्न सकिने विश्वास दिलाउदै एनआरएनले लगानी गर्नुपर्ने विचार व्यक्त गरे । एउटा साधारण नेपालीलाई पनि नेपालका लागि राम्रो काम गर्छ भन्ने भावना जागृहत हुनुपर्नेगरी काम गर्न नवनिर्बाचित टिमलाई सुझाव समेत अध्यक्ष बस्नेतले दिएका छन् ।

अध्यक्ष बस्नेतले डा केशब पौडेलले दुई कार्यकाल राम्रोसँग एनआएनको नेतृत्व हाँक्नुभएको र अहिलेको नेतृत्वले पनि राम्रो गर्ने विश्वास रहेको बताएका छन् । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, नेता गोबिन्द भट्टराई, बर्दिया सभापति सञ्जय गौतम, निर्बाचित अध्यक्ष सुनील शाह, हरि भण्डारी लगायतका ब्यक्तीहरुको उपस्थिति थियो ।