मनोरञ्जन

फिल्म ’यो माया कस्तो माया‘ को ’हुन्न है‘ सार्वजनिक

काठमाडौँ ।  चलचित्र ’यो माया कस्तो माया‘ हुन्न हैु बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार चलचित्र ’यो माया कस्तो माया‘ को रिलिज मिति भने तय गरिएको छैन ।

चलचित्र असोज सम्ममा रिलिज हुने बताउदै निर्देशक पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारीत रहेको पनि खुलाएका छन् ।  चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत , शिवानी मोक्तान तथा उद्धिपध्वज थापा को आवाज रहेको छ । गीत लेखन भने अम्बीका शर्माको रहेको छ । चलचित्रको यस गीतमा दिवस धिताल र रितु पौडेल फिचरीङ छन् ।

गीतमा कोरियोग्राफि भने कबिराज गहतराजको रहेको छ । दिव्य सुवेदीको छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसिले गरेका छन ।  यस अघि भुषण आनन्द ठकुरी निर्देशक रहेको स्विकार्दै ति निर्देशकले चलचित्र निर्देशक बिचैमा छोडि अलपत्र पारेको कारण सम्पूर्ण जिम्मेवारी आफूले सम्हालेर चलचित्र तयार गरेको बताएका छन् ।  चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , बिशाल गुरुङ , कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन् ।