अन्तर्राष्ट्रिय

चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५.८ प्रतिशत

बेइजिङ । चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ ।

चीनको बैंकिङ तथा विमा नियमक आयोग (सीबीआईआरसी) का अधिकारी याङ लिपिङले भने, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१.४८ प्रतिशत देखिएको छ ।”

अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय (खासगरी साना व्यवसाय), जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ, को ऋण वृद्धिदर पछिल्ला बर्षहरूमा बढेको छ यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ ।

चीनले सन् २०१९ को पहिलो पाँच महिनाका लागि निजी कम्पनीबाट लिने ब्याजदर ५.९८ प्रतिशत रहेको थियो । यो सन् २०१८ को ब्याजदर भन्दा ०.९२ प्रतिशतले कमी हो । यस बर्ष साना तथा अतिसाना व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको दर ६।८९ प्रतिशत कायम रहेको र यो अघिल्लो बर्षको तुुलनामा ०.५ प्रतिशत अङ्कले कमी हो ।

चीनले साना तथा मझौला व्यवसायको गुणात्मक प्रगतिका लागि प्रभावकारी वित्तीय सेवाहरूलाई सञ्चालन गरिरहेको केही समय पहिले सरकारद्वारा जारी गरेको ह्वाइट पेपरमा जारी चीनको वित्तीय नीतिमा उल्लेख गरिएको थियो ।