लुम्बिनी

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ- मन्त्री राई

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उनले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भने । “नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ” मन्त्री राईको भनाइ थियोे ।

मन्त्रालयले नेपालगञ्जमा १० हजार रुखका बिरुवा रोप्ने तयारी भइरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने छ,उनले भने।कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो ।