राजनीति

प्रधानमन्त्री दिल्ली भक्त भइरहे काँग्रेसले आन्दोलन गरेर सरकार ढाल्छः नेता गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हावादारी कुरा गर्न थालेको बताएका छन् । काठमाण्डौमा आयोजित शािबारको एक कार्यक्रममा बोल्दै नेता गुरुङले भने, ,‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो । विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ति बन्नुहुन्छ ।’

नेता गुरुङ भन्छन्,‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले विहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ । उहाँलाई कतिवेला के मुड चल्छ ? थाहै हुँदैन् ।’ आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीबादी चरित्र देखाएको पनि उनले आरोप लगाए ।

नेता गुरुङले भने,‘चर्को विवाद भएपछि आईफा अवार्ड नेपालमा आयोजना नहुने भनिएपनि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो मलाई अचम्म लागिरहेछ ,‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन् । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं । सरकार नालायक भयो ।’वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको भारी बोक्न नसक्ने उनको ठोकुवा छ । उनले भने,‘दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ ।’

गुरुङले आफ्नो पार्टीभित्र अहिले किचलो रहेको स्विकार गरे । उनले भने, ‘हो, म ढाँट्दिन, हाम्रो पार्टीभित्र पनि आन्तरिक किचलो छ । नेतृत्वको बीचमा हानाथाप छ ।’ उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकत्ता औंल्याए । २०७९ मा स्थानीय तहको निर्वाचन भएकोले आगामी २०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि उनले सुनाए ।

काँग्रेसमा पनि धनबाद र डनबाद हावी भएको भन्दै त्यसता समस्याहरु आगामी महाधिवेशनले टुंग्याउने त्यसका लागि युवाहरु पार्टीको नेतृत्वमा आउनुपर्ने दाबी गरेका थिए ।