राजनीति

काँग्रेस भन्छ: बिना परिक्षण भारतबाट नेपाल तरकारी प्रवेश दिएर ओली सरकार बन्यो नालायक

काठमाण्डौ । नेपाली काँग्रेसले नेकपा अध्यक्ष केपी ओली सरकारले आफु राष्ट्रबादी सरकार भएको जनतालाई भ्रम पार्दै आएको बताएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारले विसादीयुक्त तरकारी भारतबाट नेपाल भित्र्याउदा बिना परिक्षण अनुमति दिने सरकारको निर्देशन जनहितमा नभएको भन्दै तत्काल सच्याउन माग समेत गरेका छन् ।

प्रवक्ता शर्माले सरकार आफैंले सूचना जारी गरि प्रवेश गर्दा चेकजाँच परिक्षण गर्नुपर्ने बताएपनि मौखिक रुपमा भारतीय पक्षको कडा दबाबका कारण बिना परिक्षण ल्याउन दिने भनी गरिएको निर्णय दोहोरो चरित्र भएको भन्दै सरकारको आधिकारिक धारणाको समेत माग गरेको छ ।

‘विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो । निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’ काँग्रेसले सरकारलाई प्रश्न गरेको छ ।

नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई काँग्रेसले विज्ञप्तीमार्फत सचेत समेत गराएको छ ।