बाग्मती

चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए ।

तालीमपछि आधारभूत पत्रकारिताको ज्ञान प्राप्त भएको र गाउँघरका कतिपय विषयवस्तुलाई समाचारको ढाँचामा बदल्न सक्ने कैलाश–७ का आइतसिंह चेपाङले बताए । तालीमका अर्का प्रशिक्षार्थी नेत्र चेपाङका अनुसार यो तालीमले यहाँको रेडियोमा बोल्ने सपना पूरा गर्न भूमिका खेल्छ । “तालीम लिएपछि हामीले ‘कैलाश सेरोफेरो’ नामक कार्यक्रम तयार पारेका छौँ, अब मनहरि एफएमबाट चाँडै प्रसारण गर्छौँ”, उनले भने । तालीममा सहभागी अर्का प्रशिक्षार्थी चित्रबहादुर प्रजा तालीमले आफ्ना मनोभावना व्यक्त गर्ने कला सिकाएको बताउछन् ।

यस्ता तालीमले राज्यको मूल प्रवाहबाट अलग रहेको जाति समुदायलाई मूलधारमा ल्याई देश निर्माणको साझेदार बनाउन मद्दत पु¥याउने बताउछन् प्रदेश नं ३ का सांसद ओम घलान ।

पत्रकार महासङ्घ लगायतका पत्रकारहरु लगायतले प्रशिक्षण दिएका थिए ।