प्रदेश 1

३५ लाख लागतमा निर्माण गरिएपनि डिपबोरिङ सञ्चालनमा आउन सकेन

बिराटनगर । मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

सङ्घीय सांसद शिवकुमार मण्डलको सांसद विकास कोषको रु ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुु¥याई उत्पादन वृद्धि हुने थियो । राष्ट्रिय प्रसारण लाइन पुुगेको उक्त स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा कृषि उत्पादन वृद्धि गर्ने सोच दुई वर्षदेखि अलपत्र परेको स्थानीय बासिन्दाको गुनासो छ ।

नेपाल विद्युुत् प्राधिकरणलाई पटक–पटक भन्दा पनि बेवास्ताको कारण लगानी बालुुवामा पानी हालेजस्तो भएको उनीहरुको भनाइ छ । बोरिङ सञ्चालनका लागि ११ हजार केभीको प्रसारण लाइन पु¥याएर २०० केभीको ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ ।

आयोजनाको काम सम्पन्न नहुँदा खेतबारीमा सहजरूपमा सिँचाइ गरी नगदेबालीमार्फत आम्दानी वृद्धि गर्ने आस मरेको कृषक रामकेवल साहले बताउनुभयो । बोरिङ सञ्चालनका लागि १५ हर्षपावरको मोटर जडान गरिएको छ ।