साहित्य

झरिको भोली पल्ट..

-यसोदा कार्की                                                                                                                                         -रचना

कैयौं सपनाका झोक्का संगै, सुस्तरी रात बित्ने गर्छ
आफै संग पौडीएर, कैले वार त कैले पार ।
यादहरूको बर्षादले तीम्रो नाममा कैले सानो घर बन्छ
कैले सुन्दर बगैंचामा माली बनि गर्छु सुसार ।

रिक्तता पछि आउने नबिन किरणको आशा संगै
चैन हराएको मन संग तिमीले केही नामाग्नू है
आफैंमा हराएर लीन हुँदै कैले रित्तिएको छु
कैले भरिएको भान गर्दै प्राप्तिलाई गिन्ति गरेको छु।

दिब्य दृष्टी धमिलिए अलमलिए जस्तो लाग्छ
तर सानू आसा मरेको छैन, शाहस डगमगाको छैन
समय धेरै घर्केको हैन, पीँडामा पिल्सीएको पनि छैन
तर बिना आवाज मनको घण्टी धेरै चोटि बजेको छ ।

यस्तो लाग्छ समय मेरो सहयात्री हुन सकिन
हाँसो उडाइ जिन्दगी लाई तिमीले झैँं टार्न सकिन
रचेकै हो प्रकृतिले सृष्टि सुन्दर बनाउन
झरिको भोली पल्टमै झरझराउन सकेन ।२