प्रदेश 1

संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौँ- मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् ।  मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गरेका छन् ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई शुक्रबार सम्बोधन गर्दे मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।  “नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौँ”, मुख्यमन्त्री राईले भने । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताए ।

“नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ”, मुख्यमन्त्री राईले भने, “यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।”  विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तीव्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए। देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल स्पष्ट गन्तव्यसहित समृद्धिको यात्रामा प्रवेश गरेको बताए ।