गण्डकी प्रदेश

तनहुँमा ७२ घरधुरीलाई स्वरोजगारको व्यवथा

तनहुँ । स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिएका छन ।

कुलुङ गाउँमा रहेका उक्त घरधुरीमध्ये बीस घरमा अर्गा्निक तरकारी खेती, बीस घरमा स्थानीय जातको कुखुरापालन, दश घरमा घरवास सञ्चालन गरिएको र बाइस घरलाई सोही क्षेत्रमा काम गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

गाउँका दश घरमा घरवास सञ्चालन गर्न प्रतिघर रु ४० हजार बराबरको आवश्यक सामग्री उपलब्ध गराउनुका साथै घरवासमा आउने पाहुनालाई स्थानीय जातको कुखुराको मासु र अर्गा्निक तरकारी खुवाउने उद्देश्यले कुखुरा र तरकारी खेतीमा जोड दिइएको छ । तरकारी खेतीका लागि कृषकलाई आवश्यक बीउ, औषधि, ड्रम, पाइप र टनेल उपलब्ध गराइएको छ भने बीस घरलाई ३२ वटाका दरले कुखुरा निःशुल्क उपलब्ध, दाना, औषधि र तालीमको व्यवस्था प्रदान गरिएको छ ।

गाउँमा घरवास सञ्चालन गर्नुपूर्व यहाँका घरवास सञ्चालकलाई गोरखाको बारपार्क्स्थित घरवासको भ्रमण गराएर कसरी घरवास चलाउनुपर्छ भन्ने ज्ञानसमेत प्रदान गरिएको छ । अहिले उक्त गाउँका मानिसमा खुशियाली छाएको छ । मगर बस्ती रहेको कुलुङ गाउँका प्रत्येक घरमा अव्यवस्थित रुपमा सुँगुर पाल्दै आएकाले खोर व्यवस्थापन गरिएको छ ।

घरसँगै जोडेर सुँगुरको खोर निर्माण गरी सँुगुर पाल्दा दुगन्र्ध भोग्दै आएका त्यस क्षेत्रका स्थानीयले अहिले घरदेखि टाढा सुँगुर पाल्न थालेपछि वातावरणमा सुधार आएको वडाध्यक्ष श्रेष्ठले बताएका छन । घर नजिकबाट सुँगुरको खोर हटाउनु आफ्नो लागि चुनौतीको विषय थियो उनले भने । अहिले उनीहरुमा चेतनाको वृद्धि भएको छ ।