सामाजिक सञ्जाल

डा. भट्टराईको प्रचण्डलाई उत्तरः मनाङ्गे जस्तो गुण्डा नाईके अटाउने नेकपामा म आउदिन

काठमाण्डौ । समाजबादी पार्टीक अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दहालले नेकपामा आउन गरेको आग्रहलाई दीपक मनाङ्गे भएको पार्टीमा डा. भट्टराईको काम नभएको उत्तर दिएका छन् । अध्यक्ष दहालले नेकपा महासागर भएको र सबै कम्युनिष्ट मिलेर कम्युनिष्ट केन्द्र बनाउनुपर्ने सार्बजनिक रुपमा बताउँदै डा भट्टराईलाई नेकपामा आएर आफ्नो बौद्धिकताको सदुपयोग गर्न आग्रह गर्दै त्यसो नभएर डा भट्टराईको बौद्धिकताको समेत काम नलाग्ने बताएपछि आक्रोशित अध्यक्ष भट्टराईले उक्त प्रतिबाद गरेका हुन् ।

समाचारमा डा भट्टराईले नेकपामा प्रवेश नगरे बौद्धिकता काम नलाग्ने बताएपछि दीपक मनाङ्गे जस्ता गुण्डा नाईके रहेको पार्टीमा म आउन्न, मलाई फिट हुन्न भन्ने सामाजिक सञ्जाल ट्वीटरबाट उत्तर पठाएका छन् ।

नयाँशक्ती नेपालका डा भट्टराई निकट केही नेताहरु नेकपा प्रवेश गराएपछि डा भट्टराईलाई समेत नेकपामा आउन आग्रह गरेका थिए । हाल डा. भट्टराईले नेतृत्व गरेको नयाँशक्ती नेपाल पार्टी र उपेन्द्र यादवले नेतृतव गरेको संघीय समाजबादी पार्टी एकीकरण भएर समाजबादी पार्टी गठन भएपछि केही उच्च नेतृत्व एकीकरणमा असन्तुष्टी जनाउदै नेकपा प्रवेश गरेका थिए ।