विचार/ब्लग

डा. भट्टराईको व्यंग्य कथाः अब आयो निदूली तेरै काल

 डा. बाबुराम भट्टराई/भित्र सेलरोटी पकाउँदै रहिछन्। ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् ! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् –ज्वाईँले भनेछन्–‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार? ’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्। गाउँमा धोबीको गधा हराएको रहेछ। धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन् ! अब पर्यो फ़साद ! भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्। भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् !

के खोज्छस् दृष्टिविहीन, आँखा ! ज्वाइँ ससुराली घर फर्केर सुतेछन् ! भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् ! अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन्। बस्न कोठा दिएछन् ! अब पर्यो महाफसाद ! भागौं, पहरा छ ।

कोठामै बर्बराएछन्–‘रोटी गनीगनी जैसी कहाएँःधोबीको गधा उखुवारी पाएँः अब आयो निदूली तेरै काल!’पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ! उसले रूँदै आएर भनिछ–‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन् !

अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो! डा. भट्टराईले ट्वीट गरेका छन्ः