अन्तर्राष्ट्रिय

तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल पुनः सुचारु

मुम्बई, । मनसुनी वर्षाका कारण तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल शुक्रबारदेखि पुनः सुचारु भएको छ । मुम्बई आसपासका क्षेत्रमा भारी वर्षा भएपछि यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

सार्वजनिक यातायातका सबैजसो साधन दुई–तीन दिनदेखि अबरुद्ध भएका छन् भने वर्षाका कारण केही व्यक्तिको मृत्यु समेत भएको छ । विमानस्थलको धावनमार्ग बन्द भएपछि १५० भन्दा बढी उडान स्थगित भएका थिए । प्रहरीका अनुसार मुम्बई विमानस्थलमा स्पाइसजेटको विमान अवतरण गरेको छ ।

करिब दुई करोड आवादी रहेको मुम्बईमै गत मंगलबार पर्खाल ढल्दा २६ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका थिए । महाराष्ट्र राज्यमा पर्ने मुम्बई र अरु आसपासका क्षेत्रमा परेको भिषण वर्षाका कारण जनधनको क्षति भएको छ । मौसम विज्ञान विभागले आगामी दिनमा पनि ठाउँठाउँमा भारी वर्षा हुने जनाएको छ ।