राजनीति

काँग्रेसीलेमात्र माक्स लगाउछन् भन्ने ओलीको कुरा सुनेर लाजले मुख छोप्नु पर्ने भोः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा आफ्ना दुश्मनहरुले माक्स लगाएर डिँड्ने गरेको बताएर सुन्नेलाई लाजमर्दो बनाएको बताएका छन् । नेता गुरुङले प्रधानमन्त्ती ओलीले आफ्नो पदीय मर्यादालाई समेत ध्यान दिन भुलेको भन्दै ट्वीटरमा लेखेका छन्ः ‘सम्माननीय प्रधानमन्त्री ज्युबाट अध्ययन विना पींध टिप्पणी गरेको सुनेर लाजले मुख छोप्नु पर्ने भो!’

उनको ब्यंग्य छ प्रधानमन्त्री ओलीको अध्ययनबिनाको टिप्पणी हो, प्रमको अभिब्यक्ती । प्रधानमन्त्रीले शुक्रबारको कार्यक्रममा आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि माक्स नलगाई हिह्ड्न नसकिने काठमाण्डौ भएपनि अहिले आफ्ना कारणले काठमाण्डौ धुलोमुक्त भएको दाबी गरेका थिए भने शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफ्ना बिरोधीहरुले मात्र माक्स लगाएर आफ्नो बिरोध गरिरहेको दाबी गर्दै माक्समुक्त काठमाण्डौ बनाएको भन्दै गर्व समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई ब्यंग्य गर्दै प्रधानमन्त्री ओलीले माक्स चैं काँग्रेसीले मात्र लगाउछन् भन्न खोज्दै लाजमर्दो कुरा गरेको बताएका हुन् ।