आर्थिक

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबिच सम्झौता

काठमाडौँ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबिच प्राप्ति एक्विजिसन गर्ने सम्वन्धमा आज सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।

बैंकले यस अधि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भई सकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुनेछ ।