मनोरञ्जन

चर्चीत गायक नविन रावलको ‘फिलिङ ह्यापि’ ( भिडियोसहित)

काठमाडौँ । चर्चीत गायक नविन रावलको फरक शैलीको गीत ‘फिलिङ ह्यापि’ को भिडियो सार्वजनिक भएको छ । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक रावलले आधुनिक र र्‍याप मिसाउदै ‘फिलिङ ह्यापि’ को गीत बजारमा लिएर आएका हुन्।

गीतमा शब्द मिलन विष्टको हो भने लय र संगीत रावलको नै रहेको छ। गीतको भिडियोलाई कोरियोग्राफी राम घोले र सुविन चौहानले गरेका हुन् । कलाकार आश्मा विश्वोकर्मा र सरोज अधिकारीको नृत्य तथा डान्स गरेको भिडियो लाक्पा डि लामाले सम्पादन गरेका हुन् ।

केहि समय ‘चिया भन्दा कित्तली गरम’ गीत लिएर आएका गायक नविन रावलको ‘ओइ तिम्रो छ कि छैन कोहि ?, ‘दिलको भितामा’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

 

https://youtu.be/t_Gs4MJRAys