आर्थिक

इन्डोनेसियन बाटिक प्रदर्शन काठमाडौंमा शुरु

काठमाडौं । राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महा वाणिज्य दूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमा र्गस्थितहोटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे र नेपालकालागि इन्डोनेसियाली अवैतनिक महावाणिज्य दूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका हृुन् ।

आइएमई ग्रुप र आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सहआयोक रहेको उक्त मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ । मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीको पनि सहभागिता रहने छ ।

उक्त मेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गरे । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रही आएको स्पष्ट गरे ।

नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्य दूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकको एक आकर्षक गन्तव्य बनेको बताए ।

दुई देशबीचका सांस्कृतिक समानतालाई जनस्तरमा पु¥याउन र एकले अर्का देशका पर्यटकलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदान प्रदानका कार्यक्रम जारी राखिएको उनले बताए । पछिल्लो समयमायीदुई देशकानागरिक एक अर्काे देशमापर्यटकका रुपमाभित्रिने संख्यामाउल्लेख्य बृद्धि भएको र यसले आगामीदिनमा नेपालमा इन्डोनेसियालीलगानीआकर्षित गर्न पद्दत पुग्ने ढकालले बताए । उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृतिझल्किने खालकाविविध सांस्कृतिककार्यक्रमतथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुतगरिएको थियो ।