खेलकुद

रित गौतमको सतकमा नेपालले दियो सिंगापुरलाई ३२७ रनको लक्ष्य !

काठमाडौँ । रित गौतमको सतक र कुशल मल्लको विष्फोटक अर्धशतकमा एसीसी यू-१९ एसिया कपको इर्टन रिजन छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रनको विशाल योगफल खडा गरेको हो ।

सिंगापुरले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको साविक विजेता नेपालले यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ ।