अन्तर्राष्ट्रिय

अमेरिकामा दुई दशक यताकै ठुलो भुकम्प, अझै सयौं पराकम्प जानसक्ने भूगर्भविदको दाबी

न्युयोर्क । अमेरिकाको लस एन्जलसमा दुईदशक यताकै शक्तीसाली भुकम्प गएको छ । राज्यको रिजक्रेष्ट छेउ केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भुकम्पका कारण केकति क्षती भयो विवरण भने नआएको बीबीसी लगायतका अन्तर्राट्रिय संचारमाद्यमले बताएका छन् ।

भूकम्पका कारण दर्जनौ ठाँउमा आगजनि भएको देखिन्छ । सरकारी अधिकारीहरुले उद्दार तथा राहतका लागि सकृयता दखाईरहेको बताईएको छ भने भुकम्पबाट धेरै नै क्षति भएको भूगर्भविदको आँकलन छ ।

यस भुकम्पपछि अझै कयौं पराकम्प जाने र कुनै पराकम्प अहिलेको भन्दा पनि ठूलो हुनसक्ने अनुमान लगाउदै सचेत रहन क्यालिफोर्निया राज्य र अमेकिी सरकारलाई भनेका छन् ।