मनोरञ्जन

गायक भट्टराई र गायीका धर्तिको आवाजमा ‘जलन’ (भिडियो सहित)

काठमाडौँ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक गोपाल प्रसाद भटटराई र गायिका देवी धर्तिको आवाजमा ”जलन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेमका भावहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो विगत सम्झीएर निकै मनमा पिडा हुने कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

गोेपाल प्रसाद भटटराईको शब्द सिर्जना तथा बद्रि पाठकको संगीतमा गीत निमार्ण गरिएको छ ।गीतमा माया र प्रेम र मातृभुमी प्रतिको मायालाई समेटिएको छ । सुख खोज्देै परदेश गएका प्रेमी र गाउँमा रहेकी श्रीमति विचको प्रेमको कुरालाई गीतमा समेटिएको छ ।

सागर गौत्तमको छायाँकन , रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । ”जलन ” गीतको भिडियोमा गोविन्द भण्डारी , सोनु क्षेत्री र ब्लोसमढकालको अभिनय रहेको छ ।