लुम्बिनी

स्थानीय सरकरको सहयोगमा दाङमा ८ सय वढि व्यक्तिको आँखाको शल्यक्रिया

दाङ । दाङका विभिन्न गाउँपालिकामा स्थानीय सरकारको सहयोगमा ८ सय ३१ स्थानियको आँखाको शल्यक्रिया गरीएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ ।

आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई स्थानीय निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गरी निःशुल्क शल्यक्रिया गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिएका छन । आर्थिक अभावका कारण आँखामा लागेको मोतियाविन्दुको कारण कोही कसैले पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग साझेदारी गरी निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको सङ्घका अध्यक्ष गिरीको भनाइ छ । चालू आर्थिक वर्षमा जिल्लाका १० स्थानीय निकाय र कर्णाली प्रदेशको सल्यान जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो ।

जिल्लाका तुलसीपुर उपमहानगरपालिकाभित्रका ११४, घोराही उपमहानगरपालिकाका ४०, लमही नगरपालिकाभित्रका १५८, बबई गाउँपालिकामा ८८, गढवा गाउँपालिकामा १४७ राजपुर गाउँपालिकामा १०८, शान्तिनगर गाउँपालिकामा ५०, राप्ती गाउँपालिकामा २१, सल्यानको छत्रेश्वरी गाउँपालिकामा ५५ र कपुरकोट गाउँपालिकाका ५० ज्येष्ठ नागरिकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिएका छन । त्यस्तै नेपाल सरकारको स्वास्थ्य नीतिअनुरुप सबैलाई आँखा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालको उद्देश्य रहेको प्रशासक थापाले बताए ।

त्यस्तै स्थानीय निकायका जनप्रतिनिधिले पनि ज्येष्ठ नागरिकलाई उज्यालो प्रदान गर्ने उद्देश्यले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उज्यालो संसार कार्यक्रमअन्तर्गत यो अभियान अस्पतालसँग साझेदारीमा सञ्चालन गरेको जानकारी दिएका छन । एनले कार्यक्रमलाई निरन्तरता दिन आव २०७६÷०७७ मा पनि ‘उज्यालो संसार’ अभियानअन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाभित्रका मोतियाविन्दु भएका बिरामीको निःशुल्क आँखाको शल्यक्रियाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिएका छन ।

त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले आर्थिक अभावका कारण घरमा नै मोतियाविन्दुको कारण आँखाको कमजोर भएका ज्येष्ठ नागरिकलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्न यस कार्यक्रमले सहयोग पु¥याएको भन्दै निरन्तरता दिने बताएका छन । त्यस्तै प्रदेश नंं ५ ले पनि आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखाको शल्यक्रिया शिविरको सञ्चालन गरी दृष्टिविहीनता अन्त्यका लागि आगामी आवका लागि रु पाँच करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।