गण्डकी प्रदेश

पर्यटकिय गन्तब्य बन्दै घलेगाउँको चियाबगान

लमजुङ । सुन्दर प्रकृति खोला नाला पहाड हिमाल सुन्दर झरनाहरुमा रमाउन नचाहने सायद कमै होलान । सुन्दर प्राकृकि हरियाली डाँडा–काँडा देखेपछि जो कोहिको मन रमाउन छ । र यो प्रकृतिको सन्दर रमणिय वातावरणमा हराउन चाहन्छ । नेपालमा यस्ता धेरै स्थान कमै होलान जहाँ पर्यटकहरु लगाएत जो कोहि पनि रमाउन नचाहने ।

त्यस्मा पनि वाह्य पर्यटकका लागि त झनै नेपालको हरियो वन जंगल खोला नाला हिमाल पहाड यहाँको हावापानिले स्वर्गको अनुभुति हुनु स्वभावीकै हो । वजार को कोलाहल त्यो प्रर्दुशन वातावरण देदि धेरै टाढा एउटा रमाईलो ठाउँमा रमाउन जो कोकि चाहन्छ । र यसै आनन्दमा रमायन दैनिक बाह्य पर्यटक नेपालमा आउने गर्दछन । भनिन्छ कुनै कुराको तनाव छ भने बाहिर खुल्ला ठाउँमा गएर चारै तिरको हरियाली नियालियो भने तनाव केहि कमि हुन्छ रे ।

यस्तै पर्यटकको ध्यानआर्कषण गर्ने खालको नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै छ क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । चिया बगानको सुन्दर दृश्य हेर्दा निकै रमाइलो लाग्ने हुँदा सो स्थानमा स्थानिय देखि वाह्य पर्यटकको पनि आँखा परेको छ ।

इलामको चिया बगानको झल्को दिने यस चिया बगान हेर्नकै लागि समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताईएको छ । घलेगाउँका स्थानीय दीर्घराज घलेका अनुसार दैनिक १०० देखि ३०० सम्म आन्तरिक पर्यटक चिया बगान पुग्ने गर्दछन् । पर्यटकको आकर्षण चिया बगान बन्न थालेपछि गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा लिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको चिया बगान ७५० रोपनीमा लगाइए पनि पाँच सय रोपनी क्षेत्रफलमा राम्रो चियाखेती भइरहेको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताएक छन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पहिलोपटक परीक्षणका रूपमा २०५५ सालमा चियाखेती गरेको थियो ।

अहिले घलेगाउँमा २०० रोपनी, भुजुङमा ४०० रोपनी र पसगाउँमा १५० रोपनी क्षेत्रफल जमीनमा चियाखेती गरिरहेको उनल बताए । विसं २०५५ बाटै चियाखेतीको शुरुआत गरिए पनि जनयुद्धका कारण चियाखेती फष्टाउन नसकेको र पछि मुलुकमा शान्ति स्थापना भएपछि व्यावसायिकरुपमा चियाखेती गरिएको एक्याप कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।