समाचार

मुलुकभरको मौसम आज बदली हुन्छः मौसमवीद

काठमाण्डौ । आज मुलुकभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विषेशगरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङगले बताएका छन । मध्य र पश्चिम भेगका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।

आज राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय अवस्थामा नभएकाले पानी परेपनि एकैछिन परेर रोकिने मौसमविद् प्रधानाङ्गले बताएका छन ।

नेपालमा समान्यतया मनसुन भित्रिने समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिए पनि सक्रिय नहुँदा ठूलो पानी पर्न सकेको छैन । मनसुनी वर्षा हुनुपर्ने समयमा वर्षा हुन नसक्दा दिनप्रतिदिन उखरमाउलो गर्मी बढ्दै गएको छ ।