समाचार

दुर्घटनामा दुईको मृत्यु

मुग्लिन । चितवनमा भएको ट्रक दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुुंंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।