आर्थिक

कामना सेवाद्धारा गोरक्षनाथ पीठ सिद्धाश्रमलाई सहयोग

काठमाण्डौ । कामना सेवा विकास बैंकलेआफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत लेखनाथ, किंमबेसीस्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेका थिए । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूनःनिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटिएम् मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।