आर्थिक

सत्य मोहन जोशीद्वारा सिभिल बैंककोे दौबहाल शाखाको उद्घाटन

कठमाण्डौ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढीरहेको सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ ।

सो शाखाको उद्घाटन वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले गरे । शाखाको उद्घाटनसमारोहको सभापतित्व सिभिल बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गरे भने प्रमुख अतिथि वांगमय शताब्दी पुरुष सत्य मोहन जोशी, बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा अन्य विशिष्ट पदाधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे र रंजना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि बताए । त्यसैगरी प्रमुख अतिथि तथा वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिंग इतिहासको छोटो चिनारीसंगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।

सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गलेबैंक एक सामाजिक संस्था भएकोले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने हेतुले यस दौबहाल शाखाको परिचय पाटीमा यंहाको मौलिक नेवारी संस्कृतिलाई अंगाल्दै रन्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा बताउनुभयो साथै देशकै अभिभावक वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा यस शाखाको उद्घाटन गर्दा आफु लगायत सम्पूर्ण सिभिल बैंक परीवार नै उत्साहित भएको कुरा पनि गरे ।

दौबहाल शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८९ पुगेकोे पनि बैंकले जनाएको छ ।