आर्थिक

माछापुच्छ्रे बैंकद्वारा धनगढीमा राहत, उद्धार तथा पुनःनिर्माण कार्यमा डेढ लाख

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई एक लाख एकाउन्न हजार एक सय एघार रुपैँयाको चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडौँको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब चार हजार सात सय २४ घरधुरीहरु प्रभावित भएका थिए।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप–महानगरपालिका का मेयर नृप बहादुर वड तथा कार्यकारी प्रमुखनारायण प्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

माछापुच्छ«े बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्गसेवा समेत गरी जम्मा २३१ स्थानवाट ६ लाख५० हजारभन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बंैकको देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।