राजनीति

देश र जनतामाथि भएको सबै क्षति विप्लवले व्यहोर्नु पर्छ- मन्त्री बास्कोटा

काठमाडौँ । उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समुहलाई जंगली राजको संज्ञा दिदैँ सरकारले यसलाई छुट नदिने बताएका छन् । विहबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव समुहतर्फ आक्रोसी हुदैँ उक्त कुरा बताएका हुन् ।

मन्त्री बास्कोटाले भने,‘ यदि विप्लव समुहले लुटपाट धन्दा जारी राख्छ भने देश र जनतामाथि भएको सबै क्षति उसैले नै व्यहोर्नु पर्छ । ’ विप्लवको चुवानमा लड्ने आट नभएको तर १२ वटा सिम फेरेर सरकारलाई तर्साउन खोजेको भन्दै यसबाट सरकारलाई केही पनि असर नपर्ने दाबि गरेका छन् ।

रक्तपिपासु नेपाली जनाताले मन नपराउने भएकाले विप्लवको वार्तामा आउने बाहेक अरु कुनै पनि विकल्प नभएको मन्त्री बास्कोटाले बताएका छन् । उनले विप्लवलाई आतंकवादी क्रियाकलाप त्याग्न आग्रह समेत गरेका छन् ।