समाचार

शुसीला कार्कीले जेल सजाय तोकेपछि फरार रहेका पुर्व आईजीपी ठकुरीद्वारा आत्मासमर्पण

काठमाण्डौ । बहुचर्चित सुडान घोटालामा सर्बोच्च अदालतले दोषी ठहर गरेका नेपाल प्रहरीका पुर्ब आईजीपी रमेशचन्द ठकुरीले सर्बोच्च अदालतमा आत्मासमर्पण गरेका छन् । ३४ जना बिरुद्ध २८ करोडभन्दा बढीको माग दाबी गर्दै फैसला गरेकामध्ये पुर्ब आईजीपी ओमबिक्रम राणा र हेमबहादुर गुरुङ डिल्लिबजार जेलमा भएपनि पुर्ब आईजीपी रमेशचन्द ठकुरी फरार थिए । फरार रहेका ठकुरी आज सर्बोच्च अदालतमा आत्मासमर्पण गर्न पुगेपछि माहौल अर्कैतिर तानिएको छ ।

पुर्व एआईजी दिपकसिँह थाङ्देन, पुर्व डिआईजी दिपक श्रेष्ठ डिल्लीबजार जेलमा नै छन् । बिषेश अदालतले तीन पुर्ब प्रहरी प्रमुखबाट १४ करोड हाराहारी असुल उपर गर्नुपर्ने फैसला गरेपनि उनीहरु पुनराबेदनका लागि सर्बोच्च अदालत गएका थिए । तत्कालीन पुर्व प्रधानन्याधीश शुसीला कार्कीसहितले उनीहरुलाई सुडान घोटालामा दोषी ठहर गरेको थियो ।
सुडानमा खटिएका प्रहरी प्रमुखहरु राजेन्द्रसिँह भण्डारी, कमलसिंह बम, रामप्रसाद श्रेष्ठ र मोहन राज शर्मा लगायतले पटक पटक तत्कालीन आईजीपी रमेशचन्द ठकुरीलाई मिसनमा पठाएका समानको गुणस्तर ठीक नभएको भन्दै मौखिक उजुरी दिएका र पछि नमानेपछि लिखत उजुरी समेत दिएका भएपनि प्रहरी प्रमुख ठकुरीले भुक्तानी नरोकेर दोषी ठहर भएको थियो । आईजीपी ठकुरीले आफैं समान खदिमा घोटाला भने नगरेको आदेशमा जनाईएको छ । ठकुरीलाई सर्बोच्चले एक बर्ष कैद र ४० हजारमात्र जरिवानाको फैसला सुनाएको थियो ।

भर्खरैमात्र सर्बोच्च अदालतले शसस्त्र प्रहरीका पुर्व आईजिपी बासुदेव ओली, सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्तलाई बिल मिलाएर पैसा अपचलन गरेको मुद्धामा सफाई दिएको थियो । भनने आज पुर्व आईजीपी चन्द अदालतमा हाजिर भएको छन् ।