राजनीति

काँग्रेस साँसद प्रधानमन्त्रीलाई भन्छिन्ः स्कुटरमा सँगै घुमौ, माक्स लगाउनु नपर्नेबारे थाहा हुन्छ

काठमाण्डौ । नेपाली काँग्रेसकी साँसद रंगमति शाहीले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरमा बस्न आग्रह गरेकी छन् । प्रंधधानमनत्ती ओलीले आफुले प्रधानमन्त्री बनेपछि धुलो हटाएको दाबी सार्बजनिक रुपमा बताएपछि आक्रोशित हुंदै साँसद शाहीले आफ्नो स्कुटरको पछाडी बसेर हिँडे प्रधानमन्त्रीले धुलो कतिको हटेको रैछ, माक्स लगाउनुपर्ने रैछ कि रैनछ थाहा हुने हुँदा त्यसको गर्न ब्यंगयात्मक रुपमा भनेकी हुन् ।

आजको साँसद बैठकमा बोल्दै साँसद शाहीले स्कुटरमा बसेर काठमाण्डौ पुरै नघुमेपनि बनस्थलीसम्म जान, माक्स र धुलोको बारेमा थाहा पाउन आग्रह गरेकी छन् । प्रधानमनत्ती ओलीले पटक पटक आफू प्रधानमन्त्री हुनुभन्दा अगाडी काठ्माण्डौमा हिह्डिसक्नु नभएपनि आफूले चमत्कार गरेर फोहोर हटाएको दाबी गरिरहेका बेला संसद शाहीको प्रतिकृया आएको हो ।