समाचार

सांसद दिपक मनाङे नेकपामा प्रवेश, मुख्यमन्त्रीद्वारा स्वागत

पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङेका नामबाट चिनिने राजीव गुरुङ आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङले उक्त पार्टीमा स्वागत गरेका छन् । उनको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत भएको छ ।

ज्यान मार्ने अपराधसम्बन्धी मुद्दामा  जेल परेका मनाङे आठ महिना त्यहा बसेका थिए ।  उक्त मुद्दामा सार्वोच्चले गरेको फैसलाका कारण सपथ लिन असफल भएका थिए । पछिल्लो मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा दिएको छ ।

त्यही सुविधा प्रयोग गर्दै मनाङे थुनामुक्त भएपछि गत मंसिर १२ गते बिहीबार प्रदेश सभा सचिवालयमा सपथको लागि निवेदन दिएका थिए । त्यसको एक महिनापछि सभामुख नेत्रनाथ अधिकारीद्वारा मनाङेले सपथ खाएका थिए ।