समाचार

नगद १ लाख सहित ८ जुवाडे प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंमा एक लाख १९ हजार नगद सहित ८ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह साढे ४ वजे काठमाडौंको वानेश्वरबाट जयराम ठकुरीको घरमा जुवा खेलिरहेको विषेश सुचनाको आरधारमा गएको महानगरिय प्रहरी वृत्त वानेश्वरका कार्यलय प्रमुखको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तास खेलिरहेको स्थानबाट १ लाख १९ हजार रकम र तासबुक सहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको महानगरिए प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।