समाचार

नेपाली राष्ट्रिय भाषा लत्याईदैः विदेशी भाषाले लियो स्थान, सरकार मौन

काठमाडौं । नेपालमा पछिल्लो समयमा वाह्य देशको भाषादेखि लिए हरेक कुराले स्थान पाएको देखिएको छ । कुनै पनि भाषा शिक्नु वा जान्न चाहनु गलत कुरा होईन तर एक दिन यस्तो दिन नआओस् कि आफनो भाषा भुलेर सबैले बाहिरी देशको भाषालाई अनुसरण गरेको देख्न पाईएको । नेपालमा सय भन्दा वढि मातृभाषाहरु छन । त्यस्मा अधिकांश नेपालीले अंग्रेजि भाषा सिक्न चाहन्छन । त्यसका अलवा आफनो आवस्यकता अनुसार जापानिज, फ्रेन्च,कोरियन,चाईनिज, ईटलिएन लगाएतका भाषा सिकाउने सरकारी कलेज नै स्थापना भएको छ विश्वभाषा क्याम्पस ।

त्यस्तै विभिन्न भाषा सिकाउन प्राईभेट क्षेत्रमा समेत कन्सल्टेन्सिहरु सञ्चालनमा छन । यसैगरि नेपाली भाषा नभई अन्य भाषातिर गईरहेको नेपालीको ध्यानलाई सरकारले नरोके नेपाली भाषा ईतिहासका पानामा मात्रै खोज्ने दिन नआउला भन्न सकिन्न । साथै मलुकका विभिन्न स्थानमा अवस्थित विद्यालयमा विभिन्न मुलुकको भाषाहरुको पढाई हुने गरेको कुरा पटक – पटक बाहिर आउने गरेका छन् । तर पनि यस्तो गम्भिर विषयमा सरकारले गम्भिर भएर सोच्न नसक्नु विडम्वनाको कुरा हो । यस बिषयमा सरकार गंभिर हुनै पर्दछ ।

मुलुकको सिमाना नजिकका विभिन्न जिल्लाहरु प्रायः जस्तै भारतको सिमाक्षेत्र नजिकैको एक विद्यालयले भारतीय भाषामा पठन–पाठन गर्दै आएको खुल्न आएको थियो । यो त एउटा उदाहरण मात्र हो कयौं जिल्लाहरु छन जहाँ विदेशि भाषमा अध्ययन– अध्यापन गरिदै आएका छन । तर पनि यस्को बारेमा सरकारले व्यापक अनुगम नै गर्न सकेको छ नत वाह्य विषयमा पठन– पाठन हुने विद्यालयलाई सुझाएको छ ।

यति मात्रै नभएर अहिले अंग्रेजि भाषले यति व्यापकता पाएको छ कि एउटा निजी विद्यालयमा पढने विद्यार्थिले नेपाली विषयमा भन्दा अंग्रेजिमा राम्रो नतिजा लिएको हुन्छ । किन ? त्यहाँ नेपाली विषय भन्दा वढि जोड अंग्रेजि विषयलाई दिईएको छ । यस्को मतलव यो होईन कि अंग्रेजि विषय पढाउनु नै हुँदैन होईन तर आफनो मुलुकको भाषा लाई पहिलो स्थान दिनुपर्दछ र त्यसपछि अंग्रेजि भाषलाई । सरकारले प्राईभेट स्कुलहरुलाई पनि यो बारेमा राम्ररोसंग बताउन जरुर छ । यति मात्रै होईन पछिल्लो समय विदेशि संस्कृतिमा समेत नपालीहरु रमाउन थालेका छन ।

विदेशि विभिन्न पर्वहरु धुमधामकाम साथ मनाई रहेका छन यस्को बारेमा पनि सम्पुर्ण नेपालीलाई आफ्नो राष्ट्रिय भाषा संस्कृतिको जर्गेन गर्नुपर्छ भन्ने तर्फ सरकारले ध्यान केन्द्रित गर्न पनि जरुरी छ । यसैक्रममा काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने हुने गरेकोख खुलासा भएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने गरेको पाइएको छ ।

आर्थिकरूपमा सक्षम मानिएका ज्ञानोदय मावि, जनप्रभात माविलगायत केही सामुदायिक विद्यालयले पनि उक्त भाषा सिकाउन गृहकार्य गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच चिनियाँ भाषाका अतिरिक्त प्राविधिक ज्ञान तथा व्यवसायिक सीप पढाउन सम्झौता गर्न लागिएको मन्त्रालयको योजना महाशाखाका उपसचिव ध्रुव रेग्मीले जानकारी दिएका छन । केही निजी विद्यालयले करीब दुई दशकदेखि चिनियाँ भाषा पढाउँदै आएको भए पनि शिक्षा मनत्रालयसँग त्यसको अभिलेख छैन । संयुक्त राष्ट्रसङ्घमा बोलिने विभिन्न भाषामध्ये चिनियाँ भाषा पनि एक हो ।

भाषा अध्यापनलाई व्यवस्थित तरिकाले अभिलेख गर्न मन्त्रालयअन्तर्गत स्वयंसेवक परिचालन तथा भिसा शाखाको समेत व्यवस्था गरिएको छ । विद्यालयले आवश्यक पूर्वाधार तयार गरेपछि भाषा अध्यापनका लागि स्वयंसेवकको माग गरी उक्त शाखामा पत्राचार गर्ने व्यवस्था छ । मन्त्रालयका अनुसार आव २०७४÷७५ का लागि ८८ चिनियाँ शिक्षकलाई भिसाका लागि सिफारिस गरिएको छ ।

भिसा शाखा प्रमुख केवलीराम अधिकारीले तलब लिएर पढाउने विदेशी शिक्षकलाई प्रक्रिया पुगेको अवस्थामा श्रम स्वीकृतिका लागि श्रम तथा रोजगार मन्त्रालयमा पत्राचार गर्ने बताउँदै तलब नलिने (वेतलबी) शिक्षकलाई स्वयंसेवीका रूपमा गृह मन्त्रालयमा कार्य सहमतिको पत्राचार गरी भिसा व्यवस्थापनमा सहजताको प्रबन्ध गरिने बताएका छन । अतिरिक्त भाषा ज्ञानका रूपमा मात्र सिकाइएको चिनियाँ भाषाको औपचारिक पाठ्यक्रम तथा पाठ्यपुस्तकको व्यवस्था भने सरकारले गरेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी भाषालाई माध्यमिक तह (कक्षा ९–१०) को पाठ्यक्रममा अध्यापन गराउन अनुमति दिएको जनाइएको छ ।