गण्डकी प्रदेश

म्याद नाघेका खाद्यवस्तु र औषधि फेलाः नागकिको स्वास्थयमाथि खेलवाड

स्याङजा । अनुगमनका बेला म्याद गुज्रेका औंषधि देखि लिएर हरेक वस्तु फेलापर्नु कुनै नौलो कुरा होईन । फितलो कानुन लगाएत सरकारका धेरै कमि कमजोरीका कारणले गर्दा हरेक व्यक्ति म्याद गुज्रेको सामानहरु प्रयोग गर्न बाध्य छन । बजार देखि हस्पिटलहरुमा गरिने अनुगमन एउटा सोझा नागरिको आँखामा छारो हाल्नलाई मात्र हुने गर्दछ ।

यस्को फाईदा व्यापारिले लिरहेका छन भने यस्को घाटा मात्र नभएर समस्त नागरिकको स्वास्थ्यमाथि खेलवाड भैरहेको छ । यति हुँदा हुँदै पनि सरकारले यस्तो हर्कत गर्ने व्यत्तिलाई कडा कार्वाहि गर्न नसकेको देखिन्छ । हामिले दैनिक प्रयोग गर्ने सामाम्रगि देखि लिएर हरेक वस्तु प्रयोग गरि आफनो आयु घटाईरहेको छौं ।

सामान किन्दा सायद म्याद हेरी कन्ने व्यक्ति ५ प्रतिशत होलान होईन भने प्रायः हामी म्याद नहेरीकनै सामान किन्ने गर्दछौं । स्वस्थ र स्वक्ष खानपाउनु मानिसको नैर्सगिक अधिकार हो । त्यसो हँुदा सामान किन्दा जहिले पनि पहिले म्याद हेर्ने गर्नुपर्दछ ।

यसैक्रममा कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताएका छन् ।

अनुगमनका क्रममा सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको र अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा, चिप्सलगायतका खाद्यवस्तु म्याद नाघेको पाइएकाले अनुगमनका क्रममा सङ्कलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत बनाइएको गाउँपालिकाले जनाएको छ ।

म्याद नाघेका खाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय प्रमुखको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एकपटकलाई व्यापारीलाई सचेत गराएको बताउँदै आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने जनाएको छ ।