अन्तर्राष्ट्रिय

बङ्गलादेशको एक उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमाः ६ को मृत्यु

एजेन्सी । बङ्गलादेशको एक तयारी पोशाक उद्योगमा भिषण आगालागिमा परि ६ जनाको मृत्यु भएको छ । बुधबार राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो १२ घण्टा पछिमात्र नियन्त्रणमा ल्याईएको थियो । बङ्गलादेशमा लार्पबाहिका कारण वर्षने तयारी पोशाक कारखानाहरूमा आगलागीका घटना हुने गरेको घटना सार्वजनिक हुने गरेका छन ।

मङ्गलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रकहरुले बताएका छन । आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनहरूमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमा अरू पीडितको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । चीनपछि विश्वमै तयारी पोशाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बङ्गलादेश हो ।

तर उद्योगमा नियमितझैँ आगलागी र अरू दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो । ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।