समाचार

पत्रकार सम्मेलनबाटै पक्राउ परे उद्योग वाणिज्य सङ्घका अध्यक्षः किन परे उक्राउ

धागढि । नगरपालिकाको नगरसभा सञ्चालनको  बेला अवरोध पुर्याएको आरोपमा कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पु¥याएको आरोपमा उनिहरुलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले बुधाबार पक्राउ गरेको हो । मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र व्यापारी दिनेश विष्ट पनि छन् ।

नगरसभामा अवरोध गरेको आरोपमा नगरपालिकाको कार्यालयले अध्यक्ष देवकोटासहित सचिव शङ्कर खड्का, सदस्य साउद, रवीन्द्र खनाल, व्यापारीहरु राजेन्द्र बोगटी, केशव न्यौन्याल, विष्ट र मोहन पाठकविरुद्ध मुद्दा दर्ता गरेको थियो । गोदावरी नगरपालिकाको नगरसभामा व्यापारीले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।