खेलकुद

महिला विश्वकपमा नेदरल्याण्ड्स द्धारा जित दर्ता

एजेन्सी । महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्सले स्विडेनलाई १–० गोल अन्तरले पराजीत गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउदै स्डिेन फाईनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सले अब उपाधिका लागि अमेरिकासंग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औ मिनेटमा म्यानचेष्टर युनाईटेडकी मिडफिल्डर ज्याकी ग्रोएनले नेदरल्याण्ड्सका लागि विजयी गरिन् । जितसंगै नेदरल्याण्ड्स पाँचौ पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ । करिब ५० हजार दर्शकले पेनाल्टी सुटआउटको अपेक्षा गरेका थिए ।

तर ग्रोएनले गोल गर्दै स्विडेनको दोस्रो पटक फाईनल पुग्ने आशामा पुर्णविराम लगाईदिन् । स्विडेनले आफ्नो चौथो सेमिफाईनल खेलेको थियो । उसले अब तेस्रो स्थानको लागि ईङ्ल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।