राजनीति

नेपालको आर्थिक विकासको शुुरुवात गिरिजाबाबुकै पालामा शुरु भएको होः नेता डा रिजाल

चितवन । नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले अहिलेको उपलब्धिको श्रेय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई जाने बताएका छन्।

जिपी कोइराला फाउण्डेशन चितवन क्षेत्र नं– २ ले कोइरालाको ९६औँं जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजना गरेको नेपालको जनक्रान्ति, जनआन्दोलन, जनआन्दोलन दुई तथा गणतन्त्र र गिरीजाप्रसाद कोइराला विषयक प्रवचन कार्यक्रममा देशमा आर्थिक विकासदेखि अन्य क्षेत्रको विकासको प्रारम्भ उहाँकै पालाबाट शुरु भएको उनको भनाइ थियो ।

उनले भने, “अहिले पार्टीका लागि चुनौती भनेको निडर र त्यागी नेता नहुनु हो । कार्यकर्ताले कसको मुख हेरेर विश्वास गर्ने ?” पार्टीलाई चलायमान र विश्वासिलो नेता भेट्टाउनका लागि तल्लो तहबाटै नेतृत्व छनोटको व्यवस्था गर्नु आजको आवश्यकता रहेको नेता रिजालले बताए ।

पार्टी र राष्ट्रलाई चुनौती हुँदा जनतामाझ जानसक्ने नेताको अभावका कारण काङ्ग्रेस यो अवस्थामा आएको उनको भनाइ थियो ।