समाचार

नम्बर फेरबदल गर्दै आफन्त पास गराउने अध्यक्ष शर्मासहित दश जनाविरुद्ध आख्तियारको मुद्दा

काठमाण्डौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख पर्शुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र राम बहादुरपाण्डे क्षत्रीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अभियुक्तले विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकामा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ वटा पदको लिखित परीक्षा सञ्चालनका क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेका थिए ।

अख्तियारका अनुसार शाखा अधिकृत पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये छ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएका थिए ।

अनियमितताको पराकाष्ठाः

आयोगका अनुसार एक जना परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा चार अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको तृतीय पत्रमा १४ अङ्क थपेर मेरिटमा ल्याएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क थपेर मेरिटमा ल्याएको गरी चार जनाको अङ्क थपेर उत्तीर्ण गराएको पाइएको छ । त्यसैगरी एक जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाइ अनुत्तीर्ण गराएको र अर्को एक जना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराएको पाइएको छ ।

लेखा अधिकृत पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक जनाको द्वितीय पत्रमा ९ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अङ्क थपी मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा ७ अङ्क थपी मेरिटमा पारेको जनाइएको छ ।

त्यसैगरी अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ३ अङ्क थपेको र संपरीक्षण गर्ने परीक्षकले ९ अङ्क घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको गरी सात जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको आयोगले जनाएको छ । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अङ्कसम्म थप गरी उत्तीर्ण गराइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

काठमाण्डौ । सहायक कानुनी सल्लाहकार पदको लागि पदसंख्या १ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक परीक्षार्थीको द्वितीयपत्रमा १५ अङ्क थपी पाँचौँलाई पहिलो मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा २ अङ्क घटाई दोस्रोलाई चौथो मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीयपत्रमा ८ अङ्क घटाई पहिलोलाई दोस्रो मेरिटमा पारी तीन जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको छ । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा अङ्कसम्म थपघट गरी नतिजामा फेरबदल गरी यी तीनजनामध्ये एक जना ३७ अङ्क आएकोलाई १५ अङ्क थपिदिएर ५२ पु¥याएको र अन्य दुई जनाको प्राप्ताङ्क घटाई ५० मा झारेको भेटिएको छ ।

मुख्य लेखा सहायक पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक जना परिक्षार्थीको प्रथम पत्रमा १५ र द्वितीय पत्रमा १३ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १३ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराएको गरी छ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको छ । यीमध्ये एक जनाको प्रथम र दोस्रो दुवै पत्रमा अङ्क थपेको पाइयो भने अन्य पाँच जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्कसम्म थपघट गरी नतिजा फेरबदल गराएको पाइयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको आयोगले जनाएको छ ।

मुख्य कार्यालय सहायक पदका लागि कूल पद सङ्ख्या १२ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तीर्ण गराएको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अङ्क थपी उत्तीर्ण गराएको पाइएको छ ।

त्यसैगरी अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ५ र संपरीक्षकले ११ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ८ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा संपरीक्षकले २२ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको परीक्षकले ५ पटकसम्म अङ्क सच्याइ फेललाई उत्तीर्ण गराएको र अर्को परीक्षार्थीको संपरीक्षकले १० अङ्क घटाई मेरिटमा नपारेको गरी ११ जनाको उत्तर पुस्तिकामा शङ्ककास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको । यीमध्ये दुई जनाको प्रथम र दोस्रो दुवै पत्रमा अङ्क थपेको पाइयो भने अन्य आठ जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अङ्कसम्म थप गरी नतिजा फेरबदल गराएको पाइएको छ । एक जनालाई १० अङ्क घटाई नियतबस मेरिटबाट हटाई अनुत्तीर्ण गराएको देखिन आयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको जनाइएको छ ।

कार्यालय सहायक पदका लागि कूल पदसङ्ख्या १४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये दुई जना परीक्षार्थीको खुलामा नआउनेलाई अङ्क थपी मेरिटमा ल्याई दुई जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थप गरी परीक्षाको परिणाम फेरबदल गरी दुवै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अङ्कसम्म थप गरी नतिजा फेरबदल गराएको पाइयो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिएको छ ।

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कूल प्राप्ताङ्क केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भएमा शुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरीपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिएको छ ।