प्रदेश 1

जुवाको खालबाट वडाध्यक्ष चौधरीसहित पाँचजना पक्राउ परेका हुन्ः डीएसपी फुयाँल

इटहरी । इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका– ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन् ।

दुहवी–१२ मा रहेको गङ्गा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।