अन्तर्राष्ट्रिय

भारतीय काँग्रेसका अध्यक्ष राहुलद्वारा निर्बाचन हारको नैतिक जिम्मेवारी लिदै राजीनामा(पत्रसहित)

नयाँदिल्ली । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । ५१ बर्षमा नै भारतको महत्वपूर्ण दल काँग्रेस आईको अध्यक्ष हुन सफलता पाएका गान्धीले केही समय अगाडीमात्र सम्पन्न भारतीय निर्बाचनमा पार्टीले हार ब्यहोरेकोमा नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका हुन्. ।

अध्यक्ष गान्धीले अंग्रजीमा एक पत्र ट्वीट गर्दै राजीनामा दिएका हुन् । अध्यक्ष गान्धी निबर्तमान काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीका सुपुत्र हुन् ।

भारतीय जनता पार्टीले यसभन्दा अगाडीको निर्बाचनमा हराएको काँग्रेस आई यसपटकको निर्बाचनमा पनि हार ब्यहोरेपछि स्तब्धमात्र थिएन कार्यकर्ता लेवलबाट समेत राहुल गान्धीले राजीनामा दिनुपर्ने माग आईरहेको थियो । नैतिकताको आधारमा राजीनामा दिएपनि अध्यक्ष गान्धीले पार्टी सुधारका लागि आफू सदैब सकृय हने बताएका छन् ।