आर्थिक

सन्राइज बैंकको नयाँ शाखा कावासोतीमा

नवलपुर । आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ। यसै क्रममानवलपुर स्थित कावासोतीमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्यई. शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहको उपस्थिति रहेका थिए ।

यो समेत गरी बैंकको शाखा संख्या ११२ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहमा पनि थप शाखा संचालन गर्ने योजना रहेको छ ।