मनोरञ्जन

डा. डीआरको मधुर मिलनको याद आयो (भिडियोसहित)

काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘हाम्रो मधुर मिलनको याद आयो…’ सार्वजनिक भएको छ । लोकप्रिय गायक सत्यराज स्वरुपको स्वर, सागर अधिकारी ‘सरद’को सङ्गीत, शाहस साक्यको एरेञ्ज रहेको आधुनिक गीत हाम्रो मधुर मिलनको याद आयो…’को भिडियो सार्वजनिक भएको हो ।

अञ्जिता कंडेलले निर्देशन गरेको गीतको भिडियोमा प्रविन बराल र स्मृति ओली फिचर्ड छन् । विनय तामाङले छायाँकन गरेको भिडियोमा माधव वेल्वासको सम्पादन रहेको छ ।  ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा। डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी। आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

केही दिन पहिला गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर..’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ ।