समाचार

माईतिघरको प्रदर्शन दोहोरिन सक्ने भन्दै आईफा आयोजनाबाट पछि हट्यो, ओली सरकार डरायो

काठमाण्डौ । असार ८ गते आईफा आयोजना गर्ने भनेर निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ । काठमाण्डौ महानगरपालीकाबाट ४४ करोड र अन्य बिभिन्न स्रोतबाट गरी एक अर्ब पुरस्कार रासी राखी अन्तर्राष्ट्रिय स्तरको फिल्मी अवार्ड कार्यक्रम गर्ने निर्णय नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेपछि विश्वभर रहेका नेपालीहरुले सकारको तीब्र आलोचना गरेपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेपाली चलचित्र क्षेत्रका स्थापीत कलाकार, बुद्धिजीवी, पत्रकार, वकील, नागरिक समाज लगायतले वयापक बिरोध जनाएपछि सरकार आईफा नेपालमा गर्ने भन्ने बिषयबाट पछि हट्न बाध्य भएके हो । केही समय अगाडीमात्र संसदमा दर्ता गरेको गुठी बिधेयककाबिरुद्ध माईतीघरमा जनसागर उठेपछि दुईतिहँईको दम्भबाट हच्किएर गुठी बिधेयक समेत फिर्ता लिन बाध्य भएको सरकारले पुनः सरकारको बिरुद्ध त्यस्तै बिरोध आउने आँकलनसहित उक्त निर्णयबाट पछि हटेको हुनसक्ने राजनीतित्रहरुले अनुमान गरेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालमा आईफा आयोजना तत्काल नहुने बताएका छन् । तकलका लागि नहुने भएपनि नेपालमा भबिश्यमा हुने पुर्बाधारको विकासलाई मध्यनजर गर्दै आईफा आयोजना गर्न सकिने उनले बताएका छन् ।